काठमाडौंमा राजदूत होउले भनिन्ः हङकङको प्रदर्शनले एक देश, दुई प्रणाली खतरामा

काठमाडौंमा राजदूत होउले भनिन्ः हङकङको प्रदर्शनले एक देश, दुई प्रणाली खतरामा

नेपालखबर
पुस १९, २०७६ शनिबार १४:३०,

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समृद्ध चीन देख्न नचाहने केहि पश्चिमेली देशहरुले हङकङ र सिन्ज्यिाङको विषयमा चीनको आलोचना गरिरहेको बताएकी छन्।

‘हालै हङकङमा भइरहेका हिंसात्मक अपराधले ‘एक देश, दुई प्रणाली’ सिद्धान्तको आधारभूत कुरालाई नै चुनौति दिएको छ र सो शहरलाई निकै खतरनाक अवस्थामा धकेलेको छ,’ शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राजदूत होउले बताइन्। ‘अहिले हङकङ विशेष प्रशासन क्षेत्रको सरकारले यस्ता हिंसात्मक घट्नाहरु फैलिन नदिने विशेष पहलहरु लिएको छ।’

सबै हङकङप्रेमी र देशभक्त जनताहरु न्यायपूर्ण भावनाका साथ यस्ता हिंसात्मक गतिबिधिविरुद्ध हङकङमा कानुनी शासन टिकाउनका लागि साथ दिइरहकेको उनको दाबी थियो।

अहिले जारी हङकङ समस्याको कुनै पनि किसिमबाट स्वतन्त्रता र लोकतन्त्रसँग सम्बन्ध नभएको र कानुनी शासन र अपराधलाई दण्डित गर्ने कि नगर्ने भन्नेसँग जोडिएको समेत उनको दाबी थियो।

सिन्ज्यिाङले पनि सन् १९९० को दशकदेखि सन् २०१६ सम्म आतंकवादका कारण निकै क्षति व्यहोरेको बताउँदै पछिल्ला वर्षमा चीन सरकारले लिँदै आएका एकपछि अर्को कदमले त्यहाँ उल्लेख्य सुधार भएको उनको भनाई थियो।

‘त्यसको प्रभाव उल्लेखनीय रुपमा भएको छ र विगत तीन वर्षयता सिन्ज्यिाङमा हिंसात्मक आतंककारी घट्ना भएको छैन,’ उनले भनिन्।

केहि पश्चिमेली देशहरुले हङकङ मामिलामा दोहोरो मापदण्ड अपनाएको दाबी गर्दै उनले भनिन्, ‘हङकङमा हिंसात्मक व्यक्तिहरुबाट भएका ध्वंसात्मक गतिबिधिलाई सुन्दर तस्बिरको रुपमा चित्रित गर्ने तर पेशागत सीप, शिक्षा र तालिम प्रदान गरिएका स्थानलाई लाखौं मुस्लिमका लागि कन्सेन्ट्रेसन क्याम्पको रुपमा प्रस्तुत गरिएको छ।’

तर, नेपाल सरकारले भने सँधै एक–चीन नीतिलाई अवलम्बन गरेकोमा उनले प्रशंसा गरिन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .