गएको शैक्षिक सत्रमा हङकङमा ६ हजार ५ सय शिक्षकले जागिर छाडेका छन्। यससँगै सन् २०२१ यता जागिर छाड्ने शिक्षकको संख्या १२ हजार पुगेको छ।
शिक्षा ब्युरोले सांसदहरुलाई उपलब्ध गराएको तथ्यांकअनुसार सरकारी तथा अनुदानमा सञ्चालित स्कुलबाट ६ हजार ५ सय ५० शिक्षक अवकाश भएका वा राजीनामा दिएका छन्। यसअघि हङकङमा यस्ता स्कुलहरुमा जम्मा ७२ हजार ३७४ शिक्षक थिए।
यसभन्दा अघिल्लो शैक्षिक सत्रमा ७३ हजार ११८ मध्ये ५ हजार २७० ले जागिर छाडेका थिए।
ब्युरोका अनुसार ६ हजार ५५० मध्ये ३ हजार ५४० ले अवकाशको उमेर नपुग्दै राजीनामा दिएका हुन्। यो संख्यामा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी किन्डरगार्डेन र प्राथमिक स्कुलका १७ हजार विद्यार्थी पनि स्कुलबाट निस्केका छन्।
यो तथ्यांकले हङकङबाट अन्य मुलुकमा बसाइँ सर्नेहरुको संख्यामा कमी आएको दाबीलाई गलत साबित गरेको छ। एससीएमपी
Shares
प्रतिक्रिया