क्याथे प्यासिफिकले हङकङबाट बाहिर जान-आउन २७ हजार निशुल्क टिकट बाँड्दै

क्याथे प्यासिफिकले हङकङबाट बाहिर जान-आउन २७ हजार निशुल्क टिकट बाँड्दै

नेपालखबर
बैशाख ६, २०८० बुधबार १६:६, हङकङ

पर्यटक आकर्षित गर्न हङकङ सरकारले हेलो हङकङ योजना घोषणा गरेको छ। जुन योजनाअन्तर्गत हाल ५ लाख निशुल्क हवाई टिकट वितरण गरिँदैछ।

सोही अभियानको हिस्साको रुपमा क्याथे प्यासिफिक एयरलाइन्सले ८३ हजार टिकट प्राप्त गरेको छ। र, त्यसको वितरणको सुरुवात अप्रिल १७ देखि सो एयरलाइन्सले गर्ने भएको छ।

सुरुमा मुख्यभूमि चीनबाट हङकङ आउने टिकट वितरण गरिनेछ।

तर, अप्रिल २४ देखि ३० सम्म हङकङबाट विश्वका ४६ सहर आवतजावतका लागि एयरलाइन्सले २७ हजार ३१४ टिकट वितरण गर्नेछ। 

सो टिकट प्राप्त गर्न इच्छुकहरुले आफू जान चाहेको सहर तोकी एउटा फारम भर्नुपर्ने हुन्छ। आवेदक १८ वर्षमाथिको हुनुपर्छ र क्याथेको सदस्यता कार्यक्रममा खाता भएको हुनुपर्छ। 

विजेताहरुलाई इमेलमार्फत यसको जानकारी दिइनेछ।

हङकङ सरकारले पर्यटनलाई कोभिडअगाडिकै अवस्थामा फर्काउने अपेक्षासहित यो योजना अघि सारेको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .