संयुक्त अधिराज्य (यूके)मा हङकङका नागरिक स्थायी बसाइँसराइ गर्ने हङकङेको संख्या बढेको छ। लण्डनस्थित हाउजिङसम्बन्धी अध्ययन गर्ने एजेन्सी बेहनम र रिभ्सका अनुसार सन् २०२२ मा हङकङमा घर किन्ने हङकङेको संख्या १२ प्रतिशतले बढेको छ।
विशेषगरी यूकेका दुई प्रान्त इंग्याण्ड र वेल्भ्समा हङकङेको चाप बढ्दै गएको छ। यी दुई देशमा मात्रै हङकङेका २४ हजार ७५७ घर छन्। जुन कुल जनसंख्याको १३ दशमलव २ प्रतिशत हो, हङकङेको आवास यहाँ अन्य विदेशीको भन्दा धेरै पनि छ।
सन् २०२१ र २२ को बीचमा १३ दशमलव ४ प्रतिशतले हङकङे नागरिकको घरको संख्या बढेपछि ब्रिटिस विदेशी भिसा धारण गर्ने हङकङेको कुल संख्या ५४ लाख पुगेको तथ्यांकले देखाउँछ। यसरी स्थायी रूपमा ब्रिटिसमा हङकङेको संख्या द्रूत गतिमा बढेको द्रूत गतिमा बढेको पनि अध्ययनले बताएको छ।
यी दुई देशमा हङकङेको संख्या सन् २०२० पछि बढ्न थालेको हो। बनेहमले आधिकारिक तथ्यांकबाट संकलन गरेको रिपोर्टअनुसार तीन वर्षमा मात्रै यी देशमा हङकङेको स्वामित्वमा रहेको घरको संख्या एक तिहाईले बढेको छ।
Shares
प्रतिक्रिया