एक उइगुर विद्यार्थी दुई सातादेखि हङकङमा हराएका छन्।
पश्चिम चीनको उइगुरबाट चीनको विशेष प्रशासनिक क्षेत्र हङकङङ आइपुगेपछि उनी बेपत्ता भएको अन्तर्राष्ट्रि मानव अधिकार समूहले दाबी गरेको छ।
एम्नेस्टी इन्टरनेशनलले शुक्रबार बताए अनुसार अबुदुवैली अबुदुरेहेमान पीएचडीका लागि हङकङ आएका थिए। हङकङ पुगेपछि उनले साथीहरूलाई मेसेज गरे। त्यसयता उनी बेपत्ता रहेको बताइएको छ।
एम्नेस्टी इन्टरनेशनलले विमानस्थल अवतरण गरेलगत्तै प्रहरीले उनीसँग सोधपुछ गरेको बताएको छ। त्यसपछि उनी देखिएका छैनन्।
एम्नेस्टी इन्टरनेसनलले उनी पहिल्यैदेखि चिनियाँ प्रहरीको ‘वाच लिस्ट’मा भएको दाबी गरेको छ। प्रहरीले उनलाई पक्राउ गरेको हुनसक्ने अनुमान एम्नेस्टी इन्टरनेशनलले गरेको छ।
27
Shares
प्रतिक्रिया