हङकङमा जन्मिएका नेपालीका छोराछोरीले नेपालका स्थानीय सरकारमा पनि जन्मदर्ता प्रमाणपत्र लिन सक्ने छन्।
यसका लागि हङकङको उच्च अदालतबाट जन्मदर्ता प्रमाणपत्र प्रमाणित गरी नेपाली कन्सुलेट जनरल, हङकङमा पुन:प्रमाणित गरेपछि उनीहरुलाई नेपालका स्थानीय तहले स्वीकार्ने नेपाली कन्सुलेट जनरल, हङकङले जनाएको छ।
पछिल्लो नियम अनुसार पहिलो पटक ५ वा १० वर्षको राहदानी बनाइसकेकाको हकमा भने नेपालबाट नाबालिग परिचय पत्र बनाएपश्चात् मात्रै दोस्रो पटक राहदानी नवीकरण हुने जनाइएको छ।
हेर्नुस् राहदानीका लागि निवेदन दिएका एक सेवाग्राहीलाई नेपाली कन्सुलेट जनरल, हङकङले पठाएको पत्र :
यद्यपि, उमेर पुगेकाको हकमा भने नागरिकता बनाएपश्चात् मात्रै नेपाली कन्सुलेट जनरल, हङकङबाट राहदानी नवीकरण हुने कार्यालयले जनाएको छ।
राहदानीको म्याद सकिएकाको हकमा ट्राभल डकुमेन्ट लगायत कागजतसहित निवेदन दिन सकिने उल्लेख गरिएको छ।
Shares
प्रतिक्रिया