प्यारेन्ट चिल्ड्रेन कप २०२३ मोना एफसी हङकङको पोल्टामा

प्यारेन्ट चिल्ड्रेन कप २०२३ मोना एफसी हङकङको पोल्टामा

नेपालखबर
असार ९, २०८० शनिबार १८:३७, हङकङ

प्यारेन्ट चिल्ड्रेन कप २०२३ मोना एफसीले जितेको छ।

त्यस्तै, दोस्रोमा धरान एफसी, तेस्रो धरहरा एफसी र चौथो विजेता सोल्टी एफसी भएको छ।

प्रतियोगितामा प्रथम हुने मोना एफसीले २५ हजार १ सय २५ हङकङ डलर, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ।

दोस्रो भएको धरान एफसीले १५ हजार हङकङ डलरका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने तेस्रो र चौथो विजेताले क्रमश: ५ हजार र २ हजार हङकङ डलर प्राप्त गरेका छन्।

प्रतियोगिता २२ जुनका दिन चुन वानस्थित शा सुई रोड फुटबल मैदानमा भएको थियो।

एक दिने प्रतिस्पर्धात्मक यस खेल नेपाली बाबु-आमा र छोराछोरी क्लब हङकङले आयोजना गरेको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .