हङकङका रेलमा आरक्षणलाई छुट्याइएको सिट दुरुपयोग गरी भाडा ठग्ने ६७१ जना पक्राउ परेका छन्। ९ दिनको अवधिमा पक्राउ परेका उनीहरुलाई जरिवानासहित थप्पड हानिएको छ।
भाडा छलेको आरोपमा पक्राउ पर्नेमध्ये ८९ जनाले वृद्ध र अशक्तको अनुदान दुरुपयोग गरेको बताइएको छ। अशक्त र वृद्धका लागि अनुदानमा छुट्याइएको २ हङकङ डलरको दुरुपयोग गर्ने १३ प्रतिशत रहेका छन्। शनिबार हङकङको रेल अपरेटर एमटीआर कर्पोरेसनले शनिबार जुन २५ देखि गएको मंगलबारसम्ममा ६७१ जनालाई जरिवानासहित थप्पड हानिएको बताएको छ।
कर्पोरेसनले टिकट निरीक्षणमा सक्रियता बढाएको छ र यसका लागि जनशक्ति पनि तयार गरेको छ। साथसाथै वास्तविक भाडा तिर्नका लागि जनचेतनामूलक कार्यक्रम पनि कर्पोरेसनले गरिरहेको छ।
यसअघि यस्ता ठगीमा भारी रेल सेवामा ५ सय हङकङ डलर र हल्का रेल सेवामा ८० हङकङ डलर जरिवानाको व्यवस्था थियो। एमटीआरले तत्यसलाई बढाएर अहिले भारीमा १ हजार र हल्कामा ३७० हङकङ डलरसम्म जरिवाना वृद्धि गरेको छ।
हङकङमा सन् २०२२ मा रेलमा ४ हजार बढी यस्ता ठगीका घटना भएका थिए। उक्त ठगीको संख्या २०२१ मा १० हजार ८२ र २०२० मा १० हजार ९८५ रहेको थियो।
Shares
प्रतिक्रिया