हङकङमा बुधबारदेखि पुस्तक मेला सुरु भएको छ। वान चाइस्थित सम्मेलन तथा प्रदर्शनी केन्द्रमा सुरु भएको मेला २५ जुलाईसम्म चल्नेछ।
मेलामा पुस्तकका साथै खेलकुद र खाजा मेला पनि हुनेछ। तीन वटै मेलाको लागि प्रवेश शुल्क एकमुस्ट ३० हङकङ डलर रहेको छ।
एक हप्तासम्म चल्ने मेलाको खुल्ने र बन्द हुने समय बार अनुसार फरक–फरक रहेको छ।
जसअनुसार, बुधबार र बिहीबार बिहान १० बजेदेखि राति १० बजेसम्म, शुक्रबार र शनिबार बिहान १० बजेदेखि राति ११ बजेसम्म, आइतबार र सोमबार बिहान १० बजेदेखि राति १० बजेसम्म र मंगलबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म रहेको छ।
यस वर्षको मेलाको विषयवस्तु बाल तथा युवा साहित्य रहेको छ।
बुधबार बिहान १० बजेबाट सुरु भएको वार्षिक मेलामा १० लाख आगन्तुकले मेला भर्ने आयोजकको अपेक्षा छ।
कोभिड महामारीपछि सहरका सबै सिमाना खोलिएकोले यस वर्ष महामारी अगाडिकै अवस्थामा मानिसहरू मेलामा आउने विश्वास आयोजकले लिएको हो।
Shares
प्रतिक्रिया