हङकङको एक सार्वजनिक आवासमा आगो लाग्यो, दाजुभाइको उद्धार

हङकङको एक सार्वजनिक आवासमा आगो लाग्यो, दाजुभाइको उद्धार

शेङतक स्टेट। तस्बिर : एससीएमपी/ह्यान्डआउट


नेपालखबर
साउन १९, २०८० शुक्रबार १७:४८, हङकङ

शुक्रबार हङकङको चेङक्वानस्थित एक सार्वजनिक आवास भवनमा आगो लागेको छ।

शेङतक स्टेटको १५औँ तलामा लागेको उक्त आगोमा दुईजना दाजुभाइ फसेका थिए। उनीहरूको सकुशल उद्धार भएको छ।

फ्ल्याटमा आगो लागेपछि ३० र ३१ वर्षका ती दाजुभाइले झ्यालबाट निस्की नजिकैको अर्को भवनको कपडा सुकाउने र्‍याकमा झुण्डिएर ज्यान बचाएका थिए।

१० मिनेटसम्म यो अवस्थामा रहेका उनीहरूलाई त्यसपछि अग्नि नियन्त्रकहरूले उद्धार गरेका थिए।

सार्वजनिक आवास भवनको १५‌औँ तलामा रहेको लिफ्टको लबीमा बिहान ११ बजे आगो लागेको हो।

आगलागी भएपछि आवासका अन्य व्यक्तिहरू भने भाग्न सफल भएका थिए।

आगलागीलगत्तै घटनास्थल पुगेका अग्नि नियन्त्रकहरूले बिहान साढे ११ बजेभित्र आगो निभाइसकेका थिए।

आगलागीका कारण कसैलाई पनि अस्पताल भने जानु परेन। अग्नि नियन्त्रकहरूले आगलागीको कारण शंकास्पद रहेको बताएसँगै प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .