हङकङमा दुई वटा ट्याक्सीले ठक्कर दिँदा थाइ पर्यटक गम्भीर घाइते

हङकङमा दुई वटा ट्याक्सीले ठक्कर दिँदा थाइ पर्यटक गम्भीर घाइते

क्वीन मेरी अस्पताल। तस्बिर : एससीएमपी


नेपालखबर
साउन २२, २०८० सोमबार १४:२८, हङकङ

हङकङको एडमिरल्टीस्थित सरकारी मुख्यालय अगाडि दुई वटा ट्याक्सीले ठक्कर दिँदा थाइल्यान्डकी एकजना पर्यटक गम्भीर घाइते भएकी छन्।

प्रहरीले दुवै ट्याक्सीका चालकलाई पक्राउ गरेको छ। उनीहरू ४६ र ८२ वर्षका छन्।

दुर्घटना आइतबार राति साढे १० बजे भएको हो। ३१ वर्षीया थाइ महिलाले राति हार्कोट रोड क्रस गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएको हो।

महिलालाई एउटा ट्याक्सीले ठक्कर दिएलगत्तै अर्कोले पनि ठक्कर दिएको थियो।

घटनालगत्तै उनलाई पोक फु लामस्थित क्वीन मेरी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउँदासम्म उनी बेहोस् थिइन्। सोमबार बिहानसम्म उनको अवस्था गम्भीर छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .