हङकङको एक कोठीमा छापा मार्दा प्रहरीले ६ जना यौनकर्मीलाई पक्राउ गरेको छ।
जसमा एक २० वर्षीया मेडिकल विद्यार्थी र दुई जना १६ वर्षका केटीहरू पनि छन्।
मेडिकल विद्यार्थीले अतिरिक्त पैसा कमाउन यौनकर्ममा लागेको बताएकी थिइन्।
प्रहरीले बिहीबार साँझ छापा मार्ने क्रममा चिम सा चोईस्थित किम्बर्ली रोडमा सात वटा कोठा लिएर यौनधन्दा सञ्चालन गरेको आरोपमा २० वर्षीया महिलालाई पनि पक्राउ गरेको छ।
काउलुन पश्चिम क्षेत्रीय अपराध इकाइका अधिकारीहरूले यौनधन्दाको सूचना पाएपछि अनुसन्धान सुरु गरेका थिए।
यौनकर्मीहरूको सेवाको विज्ञापन उनीहरूको फोटो सहित टेलिग्राम च्याट समूहमा राख्ने गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो।
यो यौनधन्दा धेरै महिनादेखि चलिरहेको हुनसक्ने प्रहरीको अनुमान छ। यसका ग्राहकमा बैंकर, बीमा एजेन्ट र पुरुष विमान परिचारकहरू रहेको अनुमान गरिएको छ।
बिहीबार साँझ ७ बजेतिर छापा मार्नुअघि ग्राहकको रूपमा गुप्तचरहरू खटिएका थिए।
पक्राउ पर्नेहरूको उमेर १६ देखि २७ वर्षको छ। उनीहरूसँगै प्रहरीले हङकङ डलर ६ हजारभन्दा बढीको कण्डमलगायतका सामग्री बरामद गरेको छ।
Shares
प्रतिक्रिया