हङकङमा पसल चोरीका अभियुक्तलाई आठ वर्ष जेल सजाय

हङकङमा पसल चोरीका अभियुक्तलाई आठ वर्ष जेल सजाय

उच्च अदालत, हङकङ। तस्बिर : एससीएमपी


नेपालखबर
भदौ १, २०८० शुक्रबार १६:३६, हङकङ

हङकङको सिम शा चुईमा रहेको भीआईपी वाच एण्ड ज्वलेरी सपबाट ३३ वटा स्वीस घडी र ६ वटा लेदर ब्रेसलेट चोरी गर्ने चार जनालाई शुक्रबार उच्च अदालतले आठ वर्ष जेल सजाय सुनाएको छ।

यस अभियोगमा ११ जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो।

उनीहरूले सन् २०१८ को जुलाईमा उक्त पसलबाट योजनाबद्ध रूपमा दिउँसै चोरी गरेका थिए।

हतियारसहित चोरी गर्न आएका उनीहरूले पसल अगाडि गाडी तैनाथ गरी चोरीपश्चात् द्रुत गतिमा ढुवानी गरी चिनियाँ खरिदकर्तालाई बेचेका थिए।

उनीहरूले चोरी गरेको सामानको मूल्य २३.१ मिलियन हङकङ डलर (२.९५ मिलियन अमेरिकी डलर) हुन आउँछ।

यस अभियोगमा मुद्दा चलाइएका जम्मा ११ जनामध्ये पसलमा डकैतीका लागि तीन जना छिरेका थिए। बाँकी आठ जनालाई डकैती कार्यमा सहयोगी भूमिका निभाएका कारण पक्राउ गरिएको हो।

उनीहरू डकैती, आगजनी, चोरीको सामान ओसारपासर र अपराधीलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका हुन्।

अभियुक्तहरूले चोरीको प्रमाण नष्टका खातिर सामान ओसारपसार गर्न प्रयोग भएको गाडीमा आगो लगाएका थिए।

शुक्रबार सजाय सुनाइएकाहरूमा २२ वर्षीय लाउ चक–शिङ, ४४ वर्षीय रिकी चाइ–वाह, ४६ वर्षीय लिउ केइ–विङ र ३२ वर्षीय चान किङ–लुङ हुन्।

लाउ कुरियर, चाइ निर्माण मजदुर र लिउ मर्मतसम्भारकर्ता हुन्। यी तीन जना पसलभित्र छिरेर लुटपाट गरेका थिए भने चान चालक हुन् जसले लुटपाट गरिएको सामान लैजानको लागि गाडी तयारी अवस्थामा राखेका थिए।

चालक लामले प्रमाण मेटाउने उद्देश्यले डकैतीलगत्तै गाडीमा आगो लगाएका थिए।

पक्राउ परेका कुल ११ जनामध्ये बाँकी सात जनाले भने सफाइ पाएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .