हङकङमा क्रेन ट्रकले कारलाई ठक्कर दिँदा चालकको मृत्यु

हङकङमा क्रेन ट्रकले कारलाई ठक्कर दिँदा चालकको मृत्यु

नेपालखबर
भदौ ४, २०८० सोमबार १०:५९, काठमाडौँ

हङकङमा एउटा क्रेन ट्रकले कारलाई ठक्कर दिँदा कार चालको ज्यान गएको छ। 

सोमबार बिहान हङकङको ताई लाम सुरुङ नजिकै एक क्रेन ट्रकको ठक्करबाट ड्राइभरको ज्यान गएको हो। 

सडक छेउमा पार्किङ गरिरहेको कारलाई क्रेन ट्रकले ठक्कर दिएको हो। दुर्घटनापछि हङकङ प्रहरीले व्यस्त समयमा न्यु टेरिटरीज क्रसिङलाई आंशिक रुपमा बन्द गरिदिएको थियो।

परिवहन विभागका अनुसार बिहान ८ बजे प्याट हेङ्गमा सुरुङतर्फको एउटा लेन पनि बन्द गरिएको थियो। 

त्यसपछि एकै लेनमा दुईतर्फी यातायात चलाइएको थियो। 

जसका कारण मोटर चालकहरुलाई अत्यन्त सावधानी र धैर्यताका साथ उक्त क्षेत्रबाट अघि बढ्न सल्लाह दिइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .