हङकङको याउ मा तेइस्थित एक नाइट क्लबमा झडप भएको छ। झगडियामध्ये आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरू २८ देखि ५३ वर्ष उमेर समूहका पुरुष हुन्।
सार्वजनिक स्थानमा झगडा गरेको आरोपमा उनीहरूलाई हिरासतमा राखिएको प्रहरीले बुधबार जनाएको छ।
प्रहरी स्रोतका अनुसार नाथन रोडस्थित नाइटक्लबमा शनिबार सानातिना कुरामा झगडा भएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार, क्लबमा जम्मा भएकामध्ये धेरै जना क्लबका संरक्षक हुन्। उनीहरू रक्सी पिएर होहल्ला गर्न थालेपछि बाउन्सरहरूले हस्तक्षेप गर्दा झगडा सुरु भएको थियो।
झडपबाट दुई जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
पक्राउ परेकाहरू बुधबार बिहानसम्म हिरासतमै छन्। उनीहरूमध्ये कतिपय प्रतिबन्धित १४ के र सुन यी अन ट्रायड समूहका भएको प्रहरीको आशंका छ। उनीहरूमाथि सोधपुछ गरिरहेको प्रहरीले थप अरू पनि पक्राउ पर्न सक्ने बताएको छ।
प्रहरीले सोमबार र मंगलबार लगातार छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
Shares
प्रतिक्रिया