हङकङमा बुधबार सुपर टाइफुन आउन सक्ने अब्जर्भेटरीले जनाएको छ।
मौसम पूर्वानुमानकर्ताहरूका अनुसार बुधबार सहरको ८०० किलोमिटर (४९७ माइल) भित्र टाइफुन आइपुग्ने सम्भावना रहेको हो।
यसका साथै सोमबार र मंगलबार मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। यद्यपि दिउँसो घाम लाग्ने भएकोले मौसम भने तातो नै रहनेछ।
त्यस्तै, हप्ताको अन्त्यतिर पूर्वी ग्वाङजङको तटीय क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
‘साओला’ सन् १९९० को दशकमा भियतनामको एक प्रान्तमा फेला परेको दुर्लभ तथा संरक्षित जनावरको नाम हो। यसैबाट यो टाइफुनको नामकरण गरिएको छ।
564
Shares
प्रतिक्रिया