हङकङको एक सामुदायिक स्वास्थ्य केन्द्रको शौचालयमा दुई महिलाबीच झगडा हुँदा एकको मृत्यु भएको छ।
क्वुनतङको हिपवो स्ट्रीटस्थित क्वुनतङ सामुदायिक स्वास्थ्य केन्द्रमा बुधबार उक्त झगडा भएको हो।
दुई महिलाबीच झगडा भएपछि त्यहाँ रहेका अन्यले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले एक महिलाको साथबाट चक्कु बरामद गरेको छ।
झगडा गर्नेहरू ७० र ५० वर्षका महिला हुन्। जसमध्ये ७० वर्षीया महिलाको मृत्यु भएको छ भने अर्की घाइतेको उपचार भइरहेको छ।
सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेपछि दुवै घाइतेलाई युनाइटेड क्रिश्चियन अस्पताल पठाइएको थियो। अस्पताल पठाउनुअघि नै ७० वर्षीया महिला बेहोस् थिइन्, पछि उनको मृत्यु भयो। अर्कीको त्यहीँ उपचार भइरहेको छ।
बुधबार दिउँसो ३ बजेतिर स्वास्थ्य केन्द्रको भुइँ तलामा रहेको शौचालयमा झगडा भएको हो।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
480
Shares
प्रतिक्रिया