यतिखेर हङकङ सुपर टाइफुन साओलाका कारण आतंकित छ।
शुक्रबार बिहानदेखि लागू भएको टी८ संकेतलाई अपग्रेड गरेर टी९ घोषणा गरिएको छ।
बेलुका ६ बजेसम्मको अपडेट अनुसार आँधीका कारण तीन जना घाइते भएका छन्। आँधीले २९ रुख ढलेका छन् भने ३३१ जना सुरक्षित आश्रयस्थलमा स्थानान्तरण भएका छन्।
बिग्रँदै गएको मौसमी अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सहरका विभिन्न जिल्लामा गरी ३९ वटा अस्थायी आश्रयस्थल स्थापना गरेको छ।
आँधीका कारण विभिन्न ठाउँमा बाढी आएको छ। स्रोतका अनुसार साँझसम्म सात वटा बाढीका घटना पुष्टि भएका छन्।
साउथ चाइना मर्निङ पोस्टमा राखिएको सुपर टाइफुन साओलाको प्रभाव (भिडिओ)
69
Shares
प्रतिक्रिया