हङकङ प्रहरीले समात्यो दुई ‘घडी चोर’

हङकङ प्रहरीले समात्यो दुई ‘घडी चोर’

भीआईपी स्टेशन स्टोर। तस्बिरहरू : एससीएमपी


नेपालखबर
भदौ २६, २०८० मंगलबार १६:२, हङकङ

सोमबार दिउँसो चिमसा चोइको क्यान्टोन रोडस्थित भीआईपी स्टेशनमा लुटपाट गर्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये एकलाई सोही दिन डेढ घण्टापछि पक्राउ गरिएको हो भने मंगलबार अर्को एक जना पक्राउ परेका छन्।

यद्यपि मंगलबार पक्राउ परेका संदिग्धले अघिल्लो व्यक्तिलाई नचिनेको बताएका छन्। तर, प्रहरीले यी दुवै सोही गिरोहका व्यक्ति भएको र पहिचान लुकाएको आशंका गरेको छ।

गिरोहले सोमबार दिउँसो स्टोरबाट ३.७ मिलियन हङकङ डलर बराबरको घडी लुटपाट गरेका थिए।

क्याप र मास्क लगाएका तीन जना लुटेराले सोमबार दिउँसो पौने चार बजे लुटपाट मच्चाएका हुन्। उनीहरूले स्टोरका कर्मचारीलाई चक्कु देखाएर धम्क्याउँदै ह्याम्मरले हानी डिस्प्ले काउन्टर फोरेका थिए।

घटनास्थलबाट बरामद गरिएको चक्कु

त्यसपश्चात् उनीहरू २० वटा घडी लिएर चौथो व्यक्तिले चलाएको टोयोटा सेभेन सिटर गाडीमा भागेका थिए।

पक्राउ परेका दुईमध्ये पहिलोलाई सोही दिनको डेढ घण्टापछि काउलुन पिकको फेदमा पक्राउ गरिएको थियो। ऊसँगै नजिकै झाडीमा फालिएको घडी राखिएको झोला पनि प्रहरीले बरामद गरिसकेको छ।

दोस्रोलाई चाहिँ आज (मंगलबार) पूर्वी काउलुनको साउमाउ पिङमा पक्राउ गरिएको हो। यद्यपि उसले अघिल्लो व्यक्तिसँगको चिनजान स्वीकार गरेको छैन।

प्रहरीले लुटपाटमा संलग्न अन्य दुई जनाको पनि खोजी कार्य जारी राखेको छ। काउलुन पश्चिम क्षेत्रीय अपराध इकाइले यो मुद्दालाई हेरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .