हङकङको चुनमुनमा क्रेन लरीसँग बस ठोकिँदा कम्तीमा ३४ जना घाइते भएका छन्।
दुर्घटना आइतबार दिउँसो करिब १ बजे भएको हो।
चुनमुन रोडबाट काउलुनतर्फ गइरहेको रुट नं. ५८एम केएमबीको डबल डेकोर बसले सडक किनारामा पार्किङ गरिएको क्रेन लरीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
तस्बिर : ह्यान्डआउट
दुर्घटनामा बसका चालक गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई यानचाइ अस्पताल, चुनमुन अस्पताल र तिनसुइ वाइ अस्पताल पठाइएको छ।
दुर्घटनाका कारण उक्त क्षेत्रमा आवागमन अवरुद्ध भएको थियो।
123
Shares
प्रतिक्रिया