बिहीबार बिहान हङकङको चुङक्वान ओस्थित फायर एण्ड एम्बुलेन्स सर्भिस एकेडेमी नजिकै एक घाइते अलपत्र अवस्थामा भेटिए।
एकेडेमीको नजिकै कोही व्यक्ति मद्दतका लागि चिच्याइरहेको सुनेपछि अग्निनियन्त्रकहरू त्यसतर्फ गएका थिए।
मद्दतका लागि चिच्याइरहेका उक्त व्यक्तिको पेट, खुट्टा र नाडीमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको हो।
घाइते ती व्यक्तिसँग हङकङको परिचयपत्र भेटिएको छ भने उनको गाडी नजिकै पार्क गरिएको थियो।
घाइते उनलाई उपचारका लागि एलिजाबेथ अस्पताल लगिएको छ।
घटनाबारे विस्तृत विवरण आइसकेको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
345
Shares
प्रतिक्रिया