हङकङको क्वुन तोङमा तलब नपाएको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएका छन्।
क्वुन तोङस्थित १५१ वाइयिप स्ट्रिटमा करिब २० जना कामदार सोमबार बिहान प्रदर्शनमा उत्रिएका हुन्।
‘हार्टलेस इम्प्लोयर’, ‘नो स्यालरी डिस्पाइट हार्ड वर्क एण्ड स्विट स्पेन्ट’ लेखिएका ब्यानरसहित बिहान करिब ९ बजे प्रदर्शनमा उत्रिएका मजदुरहरूले रेलिङ प्रयोग गरी यातायात अवरुद्ध गरेका थिए।
मजदुरहरूको प्रदर्शनका कारण क्वुनतोङस्थित सडकका दुई वटा लेन प्रभावित भएका थिए।
मजदुरहरू आन्दोलनमा उत्रिएपछि परिस्थिति सम्हाल्न प्रहरी पुगेको थियो।
87
Shares
प्रतिक्रिया