हङकङको चेउङक्वान ओमा लागूऔषध ओसारपसार, ठगी र आपराधिक कार्यमा संलग्न ४० जना भन्दा बढीलाई प्रहरीले गरेको छ।
पक्राउ परेकाहरूले सामाजिक सञ्जालमार्फत किशोरकिशोरीलाई गाँजा प्रयोग गर्न प्रोत्साहित गर्ने गरेको प्रहरीले पत्ता लगाएको थियो। त्यसपछि ग्राहक बनी अभियुक्तसमक्ष पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले सोमबार बताए अनुसार १२ जुनदेखि २१ सेप्टेम्बरसम्म सञ्चालन गरिएको अभियानमा १४ देखि ६५ वर्ष उमेर समूहका ४१ जना पक्राउ परेका हुन्। जसमा २५ वर्षमुनिका ३७ जना छन्।
उनीहरूको साथबाट २०० ग्राम गाँजा र प्याकेजिङ औजार बरामद गरेको प्रहरीले जनाएको छ।
यसका साथै केही किशोरकिशोरीले अपराधीहरूलाई आफ्नो बैंक खाता बेचेको पनि प्रहरीले फेला पारेको छ। उक्त खाता आपराधिक समूहले ठगी, मनी लाउन्ड्रिङ जस्ता गैरकानुनी कार्यमा प्रयोग गर्ने गरेको पाइएको हो।
177
Shares
प्रतिक्रिया