हङकङमा बुधबार रातिदेखि टी१ संकेत जारी हुँदै

टाइफुन कोइनु हङकङतर्फ नजिकिदै
हङकङमा बुधबार रातिदेखि टी१ संकेत जारी हुँदै

शुक्रबारदेखि हङकङमा अस्थिर मौसम हुने पूर्वानुमान गरिएको छ (तस्बिर : एससीएमपी)


नेपालखबर
असोज १६, २०८० मंगलबार १२:३४, हङकङ

टाइफुन कोइनु हङकङतर्फ नजिकिदै गर्दा अब्जर्भेटरीले भोलि (बुधबार) रातिदेखि सिग्नल नं. १ जारी गर्ने तयारी गरेको छ।

हङकङ अब्जर्भेटरीको पूर्वानुमान अनुसार यो आँधी ताइवान नजिक पुग्दा यसको केन्द्रमा १८५ किलोमिटर प्रतिघण्टाको गतिमा हावासहित सुपर टाइफुनमा परिणत हुनेछ।

त्यसपछि हङकङ नजिक आइपुग्दा ९० किलोमिटर प्रतिघण्टाको हावासहित गम्भीर उष्णकटिबन्धीय आँधीमा परिणत हुनेछ।

कोइनुका कारण ताइवानले मंगलबार समुन्द्री चेतावनी जारी गरेको छ भने फिलिपिन्सको मौसम एजेन्सीले पनि सम्भावित बाढीपहिरोको चेतावनी दिएको थियो। फिलिपिन्समा मंगलबार बिहान ५ बजेसम्म उत्तरी प्रान्त बटानेसबाट ३५० किलोमिटर पूर्वमा आँधीको प्रभाव देखिएको थियो।

हङकङमा भने आँधीको प्रभाव कति हुन्छ भन्नेबारे अझै भन्न नसकिने मौसम पूर्वानुमानकर्ताले बताएका छन्।

यद्यपि बुधबारदेखि शुक्रबारसम्म उत्तरी, दक्षिणी, उत्तरपूर्वी र मध्यपहाडी क्षेत्रमा भारी वर्षा वा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

गत महिना पनि हङकङमा सुपर टाइफुन साओलाले विनाश ल्याएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .