हङकङको माअन सानमा ट्याक्सी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
बुधबार बिहान साइसा रोडमा उक्त ट्याक्सी सडकबाट करिब ६ मिटर तल खसेको थियो।
स्रोतका अनुसार चालकले नियन्त्रण गुमाउन पुग्दा रुखमा ठोकिएर सडकबाट तल खसेको हो।
६१ वर्षीया महिलाले चलाएको उक्त ट्याक्सीमा ३४ वर्षीया महिला यात्रु सवार थिइन्। दुवै जनालाई सामान्य चोट लागेको छ।
दुर्घटनाको करिब एक घण्टापछि उद्धारकर्मी पुगेर घाइतेहरूलाई उद्धार गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार सडकमा तेल चुहिएर दुर्घटना भएको बुझिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
105
Shares
प्रतिक्रिया