हङकङको याउमा तेइस्थित निर्माणस्थलमा एच–बीम खसेर ठक्कर दिँदा एक कामदार घाइते भएका छन्। उनी बीमको ठक्करबाट २० मिटर गहिरो सुरुङमा फसेका थिए।
द स्ट्याण्डर्डका अनुसार शुक्रबार बिहान केन्द्रीय काउलुन रुटअन्तर्गत पर्ने कान्सु सडकको भूमिगत साइटमा काम गर्ने क्रममा उक्त दुर्घटना भएको हो।
घाइते कामदार र उनका सहकर्मीहरू निर्माण साइटमा निर्माणस्थलको फोहोर सफा तथा स्टिल बार कटिङको काम गरिरहेका थिए।
३९ वर्षीय घाइतेको हात, कम्मर, ढाड र कम्मर अगाडिको भागमा चोट लागेको छ।
घाइतेको उद्धार गर्दै उद्धार टोली
उनलाई अग्नि सेवा विभागको विपद् व्यवस्थापन तथा उद्धार टोलीले घटनास्थलबाट बाहिर निकालेको थियो।
घाइते कामदारलाई दुर्घटनास्थलबाट बाहिर निकाल्न उद्धार टोलीलाई करिब एक घण्टा लागेको थियो।
उद्धारपछि उनलाई क्विन एलिजाबेथ अस्पताल लगिएको छ।
285
Shares
प्रतिक्रिया