हङकङको चेन स्टोरमा चोरी, पूर्वकर्मचारी शंकाको घेरामा

हङकङको चेन स्टोरमा चोरी, पूर्वकर्मचारी शंकाको घेरामा

१२२ बेल्चर स्ट्रिटमा रहेको चेन स्टोरमा शुक्रबार बिहान चोरी भएको हो (तस्बिर : द स्ट्याण्डर्ड)


नेपालखबर
असोज १९, २०८० शुक्रबार १७:१४, हङकङ

हङकङको केनेडी टाउनस्थित एक चेन स्टोरमा चोरी भएको छ।

शुक्रबार बिहान करिब १ बजे प्रहरीले गस्ती गरिरहेको समयमा पसलको सटर आधा खुला रहेको देखेपछि व्यवस्थापनलाई फोन गरेको थियो।

केनेडी टाउनस्थित १२२ बेल्चर स्ट्रिटमा रहेको उक्त चेन स्टोरमा प्रहरीको गस्तीले विद्युतीय नियन्त्रण बक्स, आधा सटर खुला तथा जबर्जस्ती प्रवेशको संकेत देखेपछि चोरी भएको आशंका सहित व्यवस्थापनलाई फोन गरी जानकारी गराएको हो।

पसलबाट नगद १५ सय हङकङ डलर र अन्य बहुमूल्य सामान्य चोरी भएको व्यवस्थापन पक्षले जनाएको छ।

घटनामा सोही स्टोरमा काम गर्ने पूर्वकर्मचारी संलग्न रहेको आशंका गरिएको छ।

स्टोरमा जडान गरिएको सीसीटीभी फुटेजमा चोरी गर्ने व्यक्तिको पछाडिको भाग देखिएको छ। व्यवस्थापनले उक्त व्यक्ति पूर्वकर्मचारी भएको आशंका गरेको हो।

ती व्यक्ति जसले केही समय पहिले उक्त स्टोरबाट रोजगारी गुमाएका थिए।

जुवा खेल्ने लतमा फसेका ती कर्मचारीलाई काममा ढिलो आएको भन्दै व्यवस्थापले हप्काएपछि उनले जागिर छोडेका थिए।

कर्मचारीले त्यसैको बदलास्वरुप घटना घटाएको हुनसक्नेतर्फ अनुसन्धान सोझिएको छ।

यद्यपि प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको र चोरको खोजी गरिरहेको जनाएको छ।

चेन स्टोरको हङकङमा पाँच वटा शाखा रहेका छन्। जसमध्ये चुनमुन र चुनवानका शाखामा यसअघि पनि चोरी भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .