हङकङको मिडियामा नेपाली चेली, भन्छिन्– जातीय अल्पसंख्यकलाई हेप्न पाइँदैन!

हङकङको मिडियामा नेपाली चेली, भन्छिन्– जातीय अल्पसंख्यकलाई हेप्न पाइँदैन!

लाइभ प्रस्तुतिका क्रममा सुस्की, इन्सेटमा एससीएमपीको समाचार (तस्बिरहरू : ह्वान्डआउट/एससीएमपी)


नेपालखबर
असोज २१, २०८० आइतबार १३:५४, हङकङ

हङकङको राष्ट्रिय मिडिया साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) ले नेपाली चेली सुस्कीहन्ना गुरुङ (सुस्की)को ‘गिती अभियान’लाई कभरेज गरेको छ।

हङकङमा जातीय अल्पसंख्यकलाई गरिने भेदभावविरुद्ध उनले हिपहप गाएर विरोध जनाएको समाचारमा उल्लेख छ।

‘बिग दिदी इनर्जी’ मार्फत उनले जातीय अल्पसंख्यकका पीडा सार्वजनिक गरेकी हुन्।

आइतबार एससीएमपीमा प्रकाशित ‘फिचर स्टोरी’मा गुरुङले चुप लागेर शक्ति प्राप्त नहुने र यसका लागि बोल्नुपर्ने बताएकी छन्।

हङकङको शिक्षा प्रणालीमा जातीय अल्पसंख्यकको रूपमा आफूले भोगेको भेदभावलाई गुरुङले गीत मार्फत व्यक्त गरेको भनी पत्रिकाले उल्लेख गरेको छ। गुरुङसँग हङकङको विद्यालयमा शिक्षकको रूपमा पाँच वर्ष काम गरेको अनुभव छ।

‘हङकङले आफूलाई अन्तर्राष्ट्रिय सहरको रूपमा ब्रान्ड गर्छ तर धेरै दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली बासिन्दाले विद्यालय र कार्यस्थलमा भेदभाव सामना गर्छन्,’ पत्रिकामा लेखिएको छ।

काठमाडौँमा ‘बिग दिदी इनर्जी’को म्युजिक भिडिओ सुटिङका क्रममा सुस्की

हङकङका धेरै विद्यालयमा जातीयताका कारण सुस्कीहन्ना जस्ता जातीय अल्पसंख्यक विभेदमा परेको लगायतका विषयमा लेख केन्द्रित छ।

पत्रिकाको संवाददातासँग गुरुङले हङकङका जातीय अल्पसंख्यकलाई त्यहाँका स्थानीयले दोस्रो दर्जाका नागरिकको रूपमा व्यवहार गर्ने गरेको बताएकी छन्।

उनले हङकङका मानिसले सहरका अल्पसंख्यकलाई स्वीकार र प्रशंसा गरेको देख्न चाहेको पनि बताएकी छन्।

‘धेरैलाई हाम्रो खाना र कपडा मन पर्छ। हाम्रो सांस्कृतिक कार्यक्रममा चाख मानेर भाग लिन्छन् तर हामीलाई मानवको रूपमा स्वीकार गर्दैनन्,’ गुरुङले एससीएमपीलाई भनेकी छन्।

यो भेदभावको अन्त्य नभएसम्म क्रोधलाई कलाद्वारा प्रस्तुत गर्न गुरुङ कटिबद्ध रहेको पत्रिकाले लेखेको छ।

‘गीतमा तपाईंले मलाई चिच्याएको सुन्नुहुन्छ। तपाईंले जातीय अल्पसंख्यकको रूपमा भेदभाव सामना गर्नुपरेमा तपाईंलाई पनि क्रोधित र निराश बनाउन सक्छ,’ गुरुङले एससीएमपीलाई भनेकी छन्, ‘शक्ति प्राप्तिको लागि चिच्याउनु, कराउनु मेरो अधिकार हो।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .