टाइफुन कोइनु हङकङबाट टाढिँदै गएपछि यसअघि जारी भएका सबै प्रकारका टाइफुन संकेत रद्द गरिएको छ।
टाइफुन कोइनुका कारण पहिलो पटक बुधबार रातिदेखि टी१ संकेत जारी गरिएको थियो।
त्यसपछि शुक्रबार साँझ ५ः४० बाट टी३ संकेत जारी गरियो। आइतबार दिउँसो १२ः४० बाट टी८ हुँदै साँझ ७ बजेबाट टी९ संकेत जारी गरिएको थियो।
टाइफुन कोइनु ग्वाङजोङको पश्चिमी तटमा सर्दै विस्तारै कमजोर हुने पूर्वानुमान गरिएको छ।
मौसम पर्यवेक्षकले अझै पनि ग्वाङजोङ तटमा आँधी र चट्याङले असर गरिरहेको बताएका छन्।
27
Shares
प्रतिक्रिया