हङकङमा हप्ता दिनदेखि बेपत्ता किशोर सकुशल भेटिए

हङकङमा हप्ता दिनदेखि बेपत्ता किशोर सकुशल भेटिए

बेपत्ता भएको आठौँ दिनमा भेटिएका म्याथ्यु (तस्बिर : ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
असोज २४, २०८० बुधबार १३:३४, हङकङ

हङकङमा हप्ता दिनदेखि हराइरहेका १७ वर्षीय किशोर सकुशल भेटिएका छन्।

गत बुधबारदेखि हराइरहेका म्याथ्यु चाङ हिन–चित आज (बुधबार) माअनसान कन्ट्री पार्कमा सकुशल फेला परेका हुन्। म्याथुकी आमा एमी चानले बुधबार फेसबुकमा स्टाटस पोस्ट गर्दै उक्त जानकारी गराएकी हुन्। उनले खोजी कार्यमा जुट्ने सबैलाई धन्यवाद दिँदै विस्तृतमा पछि बताउने उल्लेख गरेकी छन्।

गत बुधबार दिउँसो साढे दुई बजे सेकमुन एमटीआर स्टेसनबाट माअनसान कन्ट्री पार्कतर्फ जाँदै गरेको देखिएका म्याथ्यु त्यसपछि बेपत्ता भएका थिए। बुधबार अन्तिम पटक देखिएका उनी आठौँ दिनमा सकुशल फेला परेका हुन्।

उनी हराएपछि भेटिएसम्मको बीचमा हङकङले कोइनु आँधी पनि खेप्यो। आँधीका कारण आइतबार दिउँसो टी८ र साँझबाट टी९ संकेत जारी भएपछि खोजी कार्य रोकिएको थियो।

माअनसान कन्ट्री पार्कमा भेटिएका म्याथु, साथमा उद्धारकर्मी (तस्बिर : द स्ट्याण्डर्ड)

खराब मौसमका बीच यति लामो समयसम्म हराएका उनी चमत्कारी ढंगले फेला परेको कतिपयले टिप्पणी गरेका छन्।

आँधीको अलर्ट हटेपछि सोमबारबाट पुनः खोजी कार्य सुरु गरिएकोमा बुधबार उनी सकुशल भेटिएका हुन्।

म्याथुको खोजीमा परिवार, प्रहरी, माउन्टेन सर्च एण्ड रेस्क्यु टिम तथा सिभिल एड सर्भिसका सदस्य खटिएका थिए।

म्याथु मङककस्थित डायोसेसन ब्वाइज स्कूलका विद्यार्थी हुन्। उनी अर्को वर्ष हुने विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गरिरहेका छन्।

उनी खाजा खाने समयमा स्कूलबाट बाहिरिएपछि बेपत्ता भएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .