हङकङमा उचाइबाट खसेका विदेशीको मृत्यु, गुडिरहेको ट्याक्सीमाथि बजारिँदा चालक समेत घाइते

हङकङमा उचाइबाट खसेका विदेशीको मृत्यु, गुडिरहेको ट्याक्सीमाथि बजारिँदा चालक समेत घाइते

तस्बिर : डिमसम दैनिक


नेपालखबर
असोज २९, २०८० सोमबार १८:२०, हङकङ

सोमबार दिउँसो हङकङको चिमसा चोइस्थित चाथम रोडमा गुडिरहेको ट्याक्सीमाथि केही चिज बजारियो।

ठक्करका कारण ट्याक्सीको छत कुच्चियो, विन्डशिल्ड चकनाचुर भयो।

यसरी अकस्मात् ट्याक्सीमाथि बजारिएको चिज कुनै वस्तु नभई मानिस थिए।

उचाइबाट खसेका ती व्यक्तिको हातखुट्टा भाँचिनुका साथै टाउकोमा गम्भीर चोट लाग्यो। दुर्घटनामा ट्याक्सी चालक पनि घाइते भए।

घटनापछि प्यारामेडिकलाई खबर गरिएको थियो। कल प्राप्त गर्ने बित्तिकै घटनास्थलमा आइपुगेका प्यारामेडिकले सामान्य उपचार गरेपछि घाइतेलाई अस्पताल पठाइएको थियो। तर, उनी बाँच्न सकेनन्।

दुर्घटनाका कारण घाइते भएका ट्याक्सी चालकलाई पनि उपचारका लागि अस्पताल लगिएको थियो।

त्यसरी उचाइबाट खसेका ती व्यक्ति विदेशी नागरिक भएको बताइएको छ। प्रहरीले उनको पहिचान र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .