तमू समाज मकाउले सम्पन्न गर्‍यो तेस्रो अधिवेशन, अध्यक्षमा दोहोरिए लिलबहादुर गुरुङ

तमू समाज मकाउले सम्पन्न गर्‍यो तेस्रो अधिवेशन, अध्यक्षमा दोहोरिए लिलबहादुर गुरुङ

कार्यक्रमको उद्घाटनका क्रममा सतिस गुरुङ, त्रिलोक गुरुङ र लिलबहादुर गुरुङ


नेपालखबर
कात्तिक ६, २०८० सोमबार १८:२२, मकाउ

गुरुङ (तमू) समाज मकाउको तेस्रो अधिवेशन तथा सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ।

१९ अक्टोबर २०२३ मा होटल रोयलमा भएको कार्यक्रमको प्रमुख अतिथि हङकङस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत सतिस गुरुङ रहेका थिए।

यस्तै विशेष अतिथिमा समाजका संरक्षक त्रिलोक गुरुङ थिए।

वाणिज्यदूत सतिस गुरुङ, समाजका संरक्षक त्रिलोक गुरुङ र तमू समाजका अध्यक्ष लिलबहादुर गुरुङले संयुक्त रूपमा रिबन काटेर कार्यक्रमको उद्‌घाटन गरेका थिए।

कार्यक्रममा समाजका उपाध्यक्ष सन्तोष गुरुङको स्वागत भाषण र अनुराधा गुरुङको स्वागत नृत्य रहेको थियो।

समाजका संरक्षक त्रिलोक गुरुङले वाणिज्यदूत सतिस गुरुङलाई मायाको चिनो प्रदान गर्नुका साथै फेटा गुथेर सम्मान गरेका थिए।

शुभकामना मन्तव्य राख्ने क्रममा संरक्षक गुरुङले आपसी सद्भाव र एकता नै आफूहरूको मूल मन्त्र भएको बताए। साथै, मकाउमा आर्जन गरेको ज्ञान, सीप र पूँजी स्वदेशमा प्रयोग तथा लगानी गर्न समाज सदैव सहयोगी भूमिका रहने बताए।

प्रमुख अतिथि सतिस गुरुङले विदेशमा रही आफ्नो परम्परा, संस्कृति र वेशभूषा संरक्षणमा सकारात्मक भूमिका निर्वाह गरेकोमा समाजप्रति कृतज्ञता व्यक्त गरेका थिए।

कार्यक्रममा समाजका सचिव भीम गुरुङले वार्षिक एवं सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मनकुमारी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

समाजको तेस्रो अधिवेशनबाट ३७ सदस्यीय कार्यसमिति चयन भएको छ।

नवनिर्वाचित समितिको अध्यक्षमा लिलबहादुर गुरुङ, प्रथम उपाध्यक्षमा सन्तोष गुरुङ, द्वितीय उपाध्यक्षमा अमृत गुरुङ, सचिवमा भीमबहादुर गुरुङ, कोषाध्यक्षमा मनकुमारी गुरुङ, सहसचिवमा कृष्णबहादुर गुरुङ र सहकोषाध्यक्षमा अशोककुमार गुरुङ निर्वाचित भएका छन्। बाँकी ३० जना सदस्यमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित कार्यसमिति

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमुख पूर्णबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

यो कार्यसमितिको कार्यकाल आगामी तीन वर्षसम्म कायम रहनेछ।

वार्षिकोत्सवका अवसरमा संस्थाले सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरेको थियो।

कार्यक्रममा विश्राम गुरुङको बाँसुरी र कुशल गुरुङको गायनमा दर्शक/स्रोताले मनोरञ्जन लिएका थिए।

त्यस्तै, विनय गुरुङ, अमृत प्रजापति, निरञ्जन शाही, रविन घले र सन्तोष बस्नेत लगायतको समूहले उपस्थितलाई सांगीतिक कासेली प्रस्तुत गरेका थिए।

गुरुङ (तमू) समाज मकाउ यहाँका नेपाली समुदायको सबैभन्दा पुरानो संगठित जातीय संस्था हो। समाज मकाउमा विधिवत् रूपमा दर्ता छ।

संस्थाले गुरुङ समुदायको जातीय, सांस्कृतिक, परम्परागत वेशभूषा तथा पहिचानका साथै नेपाल र नेपालीको पहिचानमा अहम् भूमिका खेल्दै आइरहेको संस्थाका प्रतिनिधि बताउँछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .