हङकङमा प्रदुषण सात वर्ष यताकै उच्च देखिएको छ।
हङकङमा प्रदुषणको मात्रा घट्दै गएको भन्ने हङकङ सरकारको प्रतिवेदन विपरित नयाँ प्रतिवेदन सार्वजनिक भएको हो।
पर्ल रिभर डेल्टा रिजिनल एयर क्वालिटी मनिटरिङ नेटवर्कले निकालेको वार्षिक प्रतिवेदनमा हङकङमा प्रदुषण सात वर्ष यताकै उच्च देखिएको हो।
एससीएमपीका अनुसार नेटवर्कले अध्ययनका लागि हङकङ, ग्वाङडोङ र मकाउका २३ वटा मनिटरिङ स्टेसनबाट प्रदुषणको मात्रा अध्ययन गरेको थियो।
हङकङका पहाडमा हुने आगलागी, उद्योगबाट निस्कने फोहोर तथा सवारीका धुवाँ प्रदुषणको कारण भएको बताइएको छ।
सन् २०१७ मा हङकङका पहाडमा ९९१ पटक आगलागी भएको थियो। सन् २०१६ मा ५३७ पटक आगलागी भएको थियो।
प्रदुषणलाई नियन्त्रण गर्न आगलागीको रोकथाम गरिनु पर्ने साथै विद्युतीय सवारीको प्रयोगले पनि प्रदुषणलाई मदत गर्ने सुझाव रहेको छ।
प्रतिक्रिया