हङकङमा सम्पन्न प्रसिद्ध यूटीएमबी ट्रान्स लान्ताउको दौडमा नेपालकी सुनमाया बुढाले बाजी मारेकी छिन्।
५० किलोमिटर विधामा आज (शनिबार) बिहान १० बजे हङकङको लान्ताउ टापूस्थित सिल्भरमाईन समद्री तटबाट सुरु भएको दौडमा सुनमायाले निर्धारित दूरी ५ घन्टा २५ मिनेट १२ सेकेन्डमा पूरा गरी विजय प्राप्त गरेकी हुन्।
स्वास्थले त्यति साथ नदिए पनि दौडको सुरुवातदेखि सुनमायाले अग्रता लिएकी थिइन्। केही समयबाट खानामा अरुची तथा जिब्रो समेत सुन्निएको सुनमायाले बताइन्।
तथापी तीनले स्लोभाकियाकी निकटतम प्रतिद्वन्द्वी भेरोनिका भाडोभिकोभा लाई आधा घन्टाले पछाडि पारेकी थिइन्।
सुनमायालाई चुनौती दिने स्लोभाकियाकी भेरोनिका भाडोभिकोभाले ५ घन्टा ५५ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो तथा चेज रिपब्लिक कि मर्सेला भसिकोभाले ६ घन्टा २४ मिनेट ४६ सेकेन्डमा पार गरी तेस्रो स्थान हासिल गरे।
सुनमायाले यो जित सङ्गै हङकङमा ह्याट्रिक गरी अर्को कीर्तिमान कायम गरेकी छिन्।
उनले यही वर्ष गोल्डेन हङकङ १०० र कोरोस १०० को प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरेकी थिइन्।
त्यसैगरी ५० किलोमीटरतर्फ पदम कुमारी सुनुवारले निर्धारित दुरि ७ घन्टा १५ मिनट ५६ सेकेन्डमा पार गरी ८औं स्थान हासिल गरेकी छिन् भने सबिना राईले ७ घन्टा ५० मिनट ३० सेकेन्डमा पूरा गरि १७औं स्थानमा आएकी थिइन्।
पदम र सबिनाको यो पहिलो अन्तरास्ट्रिय डेब्यू हो, उनीहरू दुवै उत्कृष्ट दशभित्र छिर्ने लक्ष्य राखेका थिए। यो विधामा पुरुष महिला गरि कुल ९५४ प्रतियोगीहरूको सहभागिता रहेको थियो।
१०० किलोमीटरतर्फ नाम दर्ता गराए पनि अनिता राई अनुपस्थित रहिन्।
त्यसैगरी यो समाचार तयार गर्दा सम्म ट्रान्सलान्ताउ १४० तर्फ १२९ किलोमीटरको दुरि हङकङ निवासी नेपाली दिना बगालेले उत्साहजनक प्रदर्शन गरिरहेका छन्।
सुनमाया हङकङ शीर्ष वरियताकी धाविका हुन्। उनी द नर्थ फेस एडभान्चर टिमद्वारा पूर्णकालिन अनुबन्ध भएकी पहिलो नेपाली धाविका हुन्।
पदम कुमारी र सबिना राई मिरा राई ईनिसिएटिबू को सहयोगमा हङकङ पुगेकी हुन्।
प्रतियोगिता ट्रान्सलान्ताउ १४०/१००/५०/२५ गरी ४ विधामा विश्व भरका करिब २३०० धावक धावुकाहरुले भाग लिइरहेका छन्।
प्रतियोगिता नोभेम्बर १०–१२ सम्म सन्चालन हुनेछ।
Shares
प्रतिक्रिया