हङकङ : कार्यस्थलमा निर्माण सामग्रीले लाग्दा मजदुुरको मृत्यु

हङकङ : कार्यस्थलमा निर्माण सामग्रीले लाग्दा मजदुुरको मृत्यु

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १८:८, हङकङ

बिहीबार बिहान हङकङको एक निर्माणस्थलमा ओगरले ठक्कर दिँदा एक जना कामदारको मृत्यु भएको छ।

बिहान करिब सवा ११ जे द पिकस्थित पोलक पथमा रहेको निर्माणस्थलमा उक्त दुर्घटना भएको हो।

निर्माणस्थलमा एक्साभेटरको मर्मत गरिरहेका ४४ वर्षीय कामदारलाई ब्याक गरिरहेको ओगरले ठक्कर दिएको थियो।

ओगरको ठक्करबाट गम्भीर घाइते भएका लाइ उपनामका उनलाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो।

वानचाइस्थित रुट्टोन्जी अस्पताल पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको थियो।

घटनाका सम्बन्धमा श्रम विभागले अनुसन्धान गरिरहेको छ।

विभागले स्थानीय अखबारलाई बताएअनुसार उक्त निर्माणस्थल हाइग्रान्ड डेभलपमेन्ट लिमिटेडको हो।

कम्पनीको पोलक पथमा लक्जरी हाउजिङ प्रोजेक्ट सञ्चालित छ।

कम्पनीले आवासीय भवन बनाउनका लागि सन् २०२० को फेब्रुअरीमा भवन निर्माणको इजाजत पाएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .