शनिबार हङकङको ताइपोतर्फ पदयात्राका लागि गएका एक व्यक्ति हराए।
८८ चिनसुइ रोडमा पर्ने अपार्टमेन्टमा बस्ने ३६ वर्षीय चान नामका ती व्यक्ति शनिबार पदयात्राका लागि त्यतातर्फ गएका थिए।
तर, साँझ अबेरसम्म पनि घर नफर्किएपछि उनकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्।
त्यसपछि फोनको लोकेसन ट्र्याक गर्दै प्रहरी उद्धार कार्यमा जुटेको थियो।
स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार प्रहरीले उनलाई आइतबार बिहान साढे ११ बजे युलङस्थित शापपात होङ रोडमा फेला पारेको छ। उनलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ।
उनलाई स्वास्थ्य परीक्षणका लाग पोकओइ अस्पताल लगिएको छ।
90
Shares
प्रतिक्रिया