आइतबार भएको हङकङ स्ट्रिटाथन (दौड प्रतियोगिता)मा सहभागीमध्ये २५० जना भन्दा बढी धावक घाइते भएका छन्। जसमा पाँच जनालाई अस्पताल पठाइएको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
आइतबार बिहान भएको ४२ किलोमिटर फुल म्याराथन, २१ किलोमिटर हाफ म्याराथन र १० किलोमिटर दौडमा सहभागी १५ हजारमध्ये कम्तीमा २५० घाइते भएका हुन्।
आयोजकका अनुसार अधिकांश घाइते धावकले हतारमा अन्तिम रेखा पार गर्न खोजेपछि उक्त दुर्घटना भएको छ।
दुर्घटनाका घाइतेमध्ये १० किलोमिटर दौडका एक धावक सबैभन्दा गम्भीर छन्। उनको दाहिने हात भाँचिएको बताइएको छ।
आयोजक रनआवर सिटीका प्रमुख कार्यकारी तथा सह–संस्थापक एन्डिस लिअङ पाक–हाङले भने घाइतेहरूको संख्या न्यून रहेको प्रतिक्रिया दिएका छन्।
प्रमुख कार्यकारी लिअङलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले लेखेको छ, ‘कर्मचारीले गलत निर्देशन दिँदा ट्र्याक निर्देशनहरू स्पष्ट नभएको केही धावकको प्रतिक्रियामा लिअङले यो अपर्याप्त जनशक्तिको परिणाम हुनसक्ने बताए र भविष्यमा स्थिति सुधार गर्ने वाचा गरे।’
Shares
प्रतिक्रिया