अवैध आप्रवासी तथा रोजगारसम्बन्धी खोजी अभियानका क्रममा हङकङ प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
प्रहरीले सोमबार मङककमा उनीहरूलाई पक्राउ गरेको हो।
खोजी अभियानका क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानमा छापा मारेर मुलभूमिका तीन महिला र दुई पुरुष तथा गैर–चिनियाँ चार महिला र एक पुरुषलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
उनीहरूलाई अवैध आप्रवासी, बसाइको सर्त उल्लंघन, ओभरस्टे तथा अर्को व्यक्तिको परिचय बोकेको आशंका पक्राउ गरिएको हो।
पक्राउ परेका सबैलाई हिरासतमा राखिएको र मङकक जिल्लामा अवैध आप्रवासी तथा अवैध रोजगारीका विरुद्धको खोजी अभियानलाई अझ तीव्रता दिइने प्रहरीले जनाएको छ।
अध्यागमन अध्यादेशले अवैध आप्रवासीलाई तलबी वा बेतलबी कुनै पनि प्रकारका रोजगारी स्वीकार नगर्ने हुनाले यस्तो कार्यमा नलाग्न प्रहरीले चेतावनी दिएको छ।
अवैध आप्रवासन तथा अवैध रोजगारसम्बन्धमा दोषी ठहर भएमा अधिकतम ५० हजार हङकङ डलर जरिवाना र तीन वर्षको जेल सजाय हुने कानुनी प्रावधान रहेको स्मरण गराउँदै यस्तो कार्यमा संलग्न नहुन प्रहरीले अनुरोध गरेको हो।
Shares
प्रतिक्रिया