हङकङमा यसपटकको नयाँवर्ष १४० वर्षयताकै तातो हुनेवाला छ।
अब्जर्भेटरीले आइतबार दिउँसोको तापक्रम २५.७ डिग्री सेल्सियस रेकर्ड गरेको छ, जुन १४० वर्षयताकै सबैभन्दा तातो नयाँ वर्षको पूर्वसन्ध्या बन्न पुगेको हो।
आइतबार दिउँसो ३ बजेको मापनमा उक्त तापक्रम रहेको हो। नयाँ वर्षको अघिल्लो दिन यति तापक्रम सन् १८८४ पछिको सबैभन्दा उच्च रहेको अब्जर्भेटरीले जनाएको छ।
यसअघि सन् १९७७ मा २४.९ डिग्री सेल्सियस रेकर्ड भएको थियो।
नयाँ वर्षको दिन भने मौसम बदली रहने पूर्वानुमानकर्ताको अनुमान छ।
102
Shares
प्रतिक्रिया