पाइलटहरूमा फ्लुको समस्या देखिएपछि क्याथे प्यासिफिकले जनवरी २ देखि ५ सम्म (मंगलबार–शुक्रबार)का ३४ उडान रद्द गरेको छ।
क्याथेले यसअघि पनि डिसेम्बरमा १ प्रतिशत उडान स्वास्थ्यका कारण रद्द भएको विज्ञप्ति निकालेको थियो।
यस हप्ता सांघाई, बेइजिङ, ताइपेइ, दुबई, दिल्ली र ढाका जाने कम्तीमा ३४ उडान रद्द भएको जनाएको छ।
यस्तै, हङकङ उड्डयन फोरमको अनलाइन पृष्ठ र क्याथे प्यासेफिकको वेबसाइटबाट प्राप्त जानकारी अनुसार CX360 र राउन्ड–ट्रिप उडान CX369 को सांघाई पुदोङ अन्तर्राष्ट्रिय विमानस्थलका उडान ६ दिनका लागि रद्द हुनेछन्।
एयरलाइन्सले यसअघि प्रभावित यात्रुसँग माफी मागेको थियो र रद्दको प्रभावलाई कम गर्ने वाचा गरेको थियो। (द स्ट्यान्डर्ड)
99
Shares
प्रतिक्रिया