अप्रिल १ देखि हङकङवासीले घरेलु फोहोर फाल्नका लागि सरकारद्वारा तोकिएका निश्चित झोला प्रयोग गर्नुपर्ने भएको छ।
त्यस्ता झोला प्रयोग नगर्ने वा गर्न इन्कार गर्नेलाई १५ सय हङकङ डलर जरिवाना हुने भएको हो।
सहरका प्रमुख कार्यकारी जोन लीले मंगलबार बिहान प्रेसलाई सम्बोधन गर्ने क्रममा वातावरण प्रमुख चेचिन वानलाई योजनाको विवरण स्पष्ट गर्न निर्देशन दिएका छन्।
सहरका धेरै बासिन्दालाई सरकारको यो योजनाका बारेमा थाहा नहुन सक्ने भन्दै प्रमुख लीले सेमिनार, पत्रकार सम्मेलन वा के गरेर हुन्छ सहरबासीलाई राम्रोसँग बुझाउन भनेका हुन्।
‘सेमिनार आयोजना, पत्रकार सम्मेलन, सरोकारवालासँग छलफल, प्रश्नोत्तर जे गरेर हुन्छ सहरबासीलाई सरकारको यो योजनाबारे बुझाउन कडा महेनत गर्नुस्। ताकि मानिसले उनीहरूको भूमिका र कानुनी जिम्मेवारीबारे बुझ्न सकून्,’ हङकङका प्रमुख लीले वातावरण प्रमुख वानलाई दिएको निर्देशन उद्धृत गर्दै द स्ट्यान्डर्डले लेखेको छ।
प्रमुख लीले वेस्ट चार्जिङ स्किमले प्रत्येक नागरिकलाई असर गर्ने भएकोले उनीहरूलाई राम्रोसँग बुझाउनुपर्ने बताएका हुन्।
धेरै देश वा सहरले वेस्ट चार्जिङ मोडल अपनाएको र यसमा सफलता पाएकोले हङकङले पनि यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा प्रमुख लीको जोड छ।
यो पनि-
Shares
प्रतिक्रिया