यतिखेर हङकङको तापक्रम २० डिग्री आसपास छ। अब्जर्भेटरीले मंगलबार साँझ ६:१० बजेको तापक्रम १८.९ डिग्री सेल्सियस र सापेक्षिक आद्रता ९१ प्रतिशत रेकर्ड गरेको छ।
मौसमविद्का अनुसार आगामी केही दिन तापक्रम बढ्दै जानेछ। अब्जर्भेटरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा लेखिएअनुसार आगामी बिहीबार र शुक्रबार तापमान २४ डिग्री सेल्सियससम्म पुग्नेछ।
तर, नजिँकिदै गरेको चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को समयमा भने तापक्रम घट्नेछ।
उत्तरपूर्वी मनसुन नजिक आउँदा त्यतिखेर तुलनात्मक रूपमा तापक्रम चिसो बन्नेछ। नयाँ वर्षको बिदाका दिनहरूमा तापक्रम १४ डिग्री सेल्सियसको आसपास पुग्ने अनुमान अब्जर्भेटरीले गरेको छ।
अब्जर्भेटरीको नौ दिनको मौसम पूर्वानुमानअनुसार आगामी बिहीबारदेखि मंगलबारसम्म तापक्रम २४ डिग्रीसम्म पुग्नेछ भने बिहान र बेलुका बदलीसँग तटीय क्षेत्रमा हल्का वर्षा हुन सक्छ।
तर, उत्तरपूर्वी मनसुनको प्रभावका कारण अर्को साताको बिहीबारदेखि भने न्यूनतम तापक्रम १४ डिग्रीमा झर्नेछ।
मौसम पूर्वानुमानकर्ताको रिपोर्टले लुनार न्यु इयरको पूर्वसन्ध्यामा तापक्रम १२ डिग्रीसम्म झर्ने सम्भावना ४० प्रतिशत र नयाँ वर्षको पहिलो दुई दिन १२ डिग्रीभन्दा तल झर्ने सम्भावना २० देखि ४० प्रतिशत रहेको देखाएको छ।
Shares
प्रतिक्रिया