शुक्रबार दिउँसो बेहोस अवस्थामा मिनिबसभित्र भेटिएका चालकको मृत्यु भएको छ।
यु नामका ५६ वर्षीय मिनिबस चालकलाई दिउँसो १ बजेतिर अचेत अवस्थामा भेटेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
स्टेसन म्यानजेरका अनुसार मृतक यु बिहान ९ बजेदेखि ड्युटीमा थिए।
अचेत अवस्थामा भेटिनुअघि आज तीन ट्रिप पूरा गरेका चालकले अन्य चालकसँगको च्याट कुराकानीमा केही असजिलो महसुस गरेको र केही क्षणको आरामपछि निको हुने बताएको अनुसन्धानबाट खुलेको छ।
तर, त्यही असजिलो महसुस नै उनको ज्यान जाने घटना पुग्यो।
स्टेसन म्यानेजरलाई उद्धृत गर्दै समाचारमा उल्लेख भएअनुसार मृतक चालक विवाहित हुन् र उनीमा कुनै बिमारको अभिलेख छैन।
60
Shares
प्रतिक्रिया