मंगलबार बिहान हङकङको क्वाइचुङमा रहेको एक अपार्टमेन्टमा आगलागी भएको छ।
बिहान करिब ८ बजे क्वाइचुङस्थित अनयाम स्टेट, करयाम हाउसको तेस्रो तल्लामा आगलागी भएको हो।
भान्साकोठामा सर्ट सर्किट भएर आगलागी भएको आशंका प्रहरीले गरेको छ।
घटनास्थलमा प्रहरी र दमकल पुग्नु अगावै स्थानीयले आगो निभाइसकेका थिए।
घटनामा कुनै मानवीय क्षति भएको छैन। धुवामा निस्सासिँदा एक जनाले असहज महसुस गरेकोले अस्पताल लगिएको थियो।
घटनाबारे विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
24
Shares
प्रतिक्रिया