आज १४ भ्यालेन्टाइन डे। प्रेम र प्रणव दिवसको रूपमा मनाइने यस दिनमा अपेक्षाकृत फूलको व्यापार हुन नसकेको भन्दै हङकङका पुष्प व्यवसायी चिन्तित बनेका छन्।
मङककको फूल बजारमा विभिन्न खालका फूल बिक्रीका लागि राखिएका छन्।
तर अपेक्षा गरेअनुरुप फूलको बिक्री हुन नसकेको भन्दै व्यापारीहरू चिन्तित देखिएका हुन्।
धेरैजसो स्थानीय नयाँ वर्ष मनाउनका लागि सहर बाहिर गएकोले व्यापार सुस्त रहेको उनीहरूको बुझाइ छ।
व्यापार कम भएकोले कतिपय पसलेले २० प्रतिशतसम्म छुट राखेका छन्।
एक फूल व्यवसायीले दुःखेसो पोखे, ‘आज बिहानैदेखि व्यापार एकदम कम रह्यो। अझ दिउँसो त मानिसहरू काममा जाने हुँदा झन् व्यापार कम हुने भइहाल्यो।’
गत वर्षको तुलनामा यस वर्षको व्यापार ५० प्रतिशत कम हुने उनी अनुमान गर्छन्। -एजेन्सी
27
Shares
प्रतिक्रिया