मंगलबारसम्म नोबल कोरोनाभाइरसको संक्रमण ४९ जनामा देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
दैनिक कोरोनाको संक्रमण बढ्दै जान थालेपछि हङकङका नागरिक त्रसित बनेका छन्। सोमबार एकै दिनमा ७ जनामा कोरोनाको संक्रमण देखिएको थियो।
हङकङले कोरोनाको संक्रमण फैलने त्रासपछि विद्यालयहरु तत्कालका लागि बन्द गरिदिएको छ। त्यहाँ चीन जाने रेल तथा डुंगा सेवा ठप्प पारिएका छन्।
यस्तै दुईबाहेक चीनसँगका सबै नाकाहरु बन्द गरिको छ। चीनबाट हङकङ आउन चाहने सबैले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम पनि लागू गरेको छ।
यद्यपी हङकङमा संक्रमितको संख्या भने बढ्दै गएको छ। मंगलबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८ पुगेको छ।
चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
चीनबाहिर ४ सयभन्दा बढी कोरोनाबाट संक्रमित छन्। विश्वभर यतिबेला कोरोनाको औषधी बनाउने प्रयास भइरहेको छ।
प्रतिक्रिया