चर्चित म्यागजिन फोर्ब्सले हङकङका धनाढ्यहरुको सूची सार्वजनिक गरेको छ।
फोर्ब्सले सार्वजनिक गरेको सूचीमा पहिलो नम्बरमा लि का सिङ छन्। उनको सम्पत्ति ३६ अर्ब २० करोड अमेरिकी डलर छ।
सुपरम्यानको नामले चिनिने उनलाई एसियाकै प्रभावशाली व्यवसायी मानिन्छ। उनले २०१८ मेमा सीके हचिसन होल्डिंग्स र सीके एसेट होल्डिंग्सको प्रमुख पद छाडेका थिए। तर उनी अहिले पनि वरिष्ठ सल्लाहकारको भूमिकामा छन्।
त्यस्तै दोस्रो उच्च धनीमा घरजग्गा व्यवसायी लि साउ की छन्। उनीसँग २७ अर्ब डलर सम्पत्ति छ। तेस्रो नम्बरमा रहेका हेनरी चेङ परिवारको सम्पत्ति २२ अर्ब १० करोड डलर, चौथो स्थानमा रहेका लि दाजुभाइसँग १७.७ अर्ब डलर, पाँचौँ नम्बरमा घरजग्गा व्यवसायी पिटर वु (१३.७ अर्ब डलर), छैटौँ नम्बरका घरजग्गा व्यवसायी जोसेफ लाउसँग १३.१ अर्ब डलर सम्पत्ति रहेको छ।
सातौँ धनी क्यासिनो व्यवसायी लुइ चे वु छन्। उनीसँग १२.१ अर्ब डलर सम्पत्ति रहेको छ। त्यसैगरी आठौँमा क्वाङ सिउ हिङ (११.४ अर्ब डलर), नवौँमा जोसेफा साइ (८.५ अर्ब डलर) र दशौँ स्थानमा फ्रान्किस कोइ (८.२ अर्ब डलर) सम्पत्ति छ।
Shares
प्रतिक्रिया