आइतबार हङकङको चुनमुन नर्थवेस्ट स्विमिङ पुलमा मलमूत्र भेटिएपछि अस्थायी रूपमा बन्द गरिएको छ।
स्थानीय मिडिया आउटले जनाएअनुसार मलमूत्र भेटिएपछि लिजर एन्ड कल्चरल सर्भिस डिपार्टमेन्ट (सांस्कृतिक सेवा विभाग)ले पोखरी खाली गराई कीटाणुरहित बनाएको थियो।
विभागले पुलमा सुपरक्लोरिनेसन गरेको बताएको छ। रेसिड्युल क्लोरिनको मात्रा सामान्यमा फर्किएपछि सम्भवतः आजै साँझदेखि पुल सुचारु हुने जनाइएको छ।
यसका साथै, स्विमिङ पुलमा यस्तो हर्कत नगर्न पनि विभागले पौडी खेल्नेहरूलाई आग्रह गरेको छ।
पौडी खेल्दा शौच गर्नुपर्ने भएमा बाहिर निस्केर शौचालय प्रयोग गर्न विभागले आग्रह गरेको हो।
99
Shares
प्रतिक्रिया