हङकङका प्रमुख कार्यकारी जोन लीले चीनको ग्वाङजोङमा बढेको पानीको बहावका कारण हङकङका जनतालाई त्रसित नबन्न आग्रह गरेका छन्।
सेन्जेन वा नजिकैका सहरमा पानीको बहाव बढेमा ग्वाङजोङले हङकङलाई सूचित गर्न सहमत भइसकेकोले त्यही अनुसार सरकारले तयारी गर्ने उनले बताए।
मौसमी अवस्था खराब भएमा भरपर्दो सूचना प्रणाली, चुस्त आकस्मिक सेवा, पुनर्वास कार्यक्रम र यातायात जस्ता अत्यावश्यकीय पक्ष मजबुत हुनेमा उनले आश्वस्त पारेका हुन्।
हप्ताको सुरुआतमा दक्षिणी चीनमा आँधीबेहरीका कारण एघार जना बेपत्ता र दसौँ हजार मानिस प्रभावित भएका थिए।
ग्वाङजोङको दक्षिणी प्रान्तमा भारी वर्षाका कारण नदीहरूको सतह बढ्दा त्यसको असर हङकङसम्म आइपुग्ने हो कि भन्ने त्रास बढेको छ। (एजेन्सी)
42
Shares
प्रतिक्रिया