हङकङ : घाइते अवस्थामा फेला परिन् अपहरित महिला, तीन जना पक्राउ

हङकङ : घाइते अवस्थामा फेला परिन् अपहरित महिला, तीन जना पक्राउ

इचाङ स्ट्रिट र हान्को रोडको जंक्सनमा ४७ वर्षीया महिला अपहरणमा परेकी थिइन् (ह्यान्डआउट)


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १०:५८, हङकङ

सोमबार दिउँसो हङकङको चिमसा चोइबाट अपहरित महिला घाइते अवस्थामा फेला परेकी छन् भने तीन जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्।

कालो पोसाक, टोपी र मास्क लगाएका दुई पुरुषले महिलालाई हिजो इचाङ स्ट्रिट र हान्को रोडको जंक्सनबाट जबरजस्ती कारमा राखेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए।

महिलालालाई जबरजस्ती राखेपछि कार मङककतर्फ मोडिएको थियो।

प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि खोजी कार्यमा जुटेका अधिकारीले महिलालाई घटनास्थलको करिब २१ किलोमटिर पर हेङअन स्टेटको माअन सानमा घाइते अवस्थामा कारभित्र फेला पारेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

पोस्टलाई मंगलबार गोप्य सूत्रले जानकारी गराएअनुसार घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। यसको विस्तृत विवरण प्रहरीले पछि घोषणा गर्नेछ।

घटनास्थलमा फेला परेको जुत्ता

अपहरणमा परेकी महिलाको उमेर ४७ वर्ष रहेको खुल्न आएको छ। हिजो घटनास्थलमा जुत्ता पनि भेटिएको थियो, जुन अपहरित महिलाको रहेको अनुमान गरिएको छ।
याउचिम जिल्ला अपराध टोलीका अधिकारीले घटनाको विस्तृत अनुसन्धान गरिरहेका छन्।

हेर्नुस् अपहरणको भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .